ओमिक्रोनलाई राष्ट्रपतिले ‘स्वागतयोग्य’ भनेपछि तानिए विवादमा

३० पुस, ब्राजिल ।  ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारो विभिन्न अभिव्यक्तिका कारण विवादमा आइरहन्छन्।

उनी फेरि एक अभिव्यक्तिका कारण विवादमा तानिएका छन्।

frontline

हालसालै उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई स्वागतयोग्य भेरियन्टको रुपमा चित्रण गरेका छन्।

उनले ओमिक्रोन भेरियन्ट नै अन्तिम हुनसक्ने भन्दै स्वागतयोग्य रहेको बताएका हुन्। पछिल्लो समय ब्राजिलमा दैनिक कम्तिमा ७० हजारका दरले संक्रमित बढिरहेका छन्।

तर राष्ट्रपति बोल्सोनारो लकडाउन लगाउने सोँचमा छैनन्। उनले आफू लकडाउनविरुद्ध लागिपर्ने बताएका छन्।  

उनको यो अभिव्यक्तिका कारण अहिले सवर्त्र चर्चाको विषय बनेको छ। विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोनलाई हल्कारुपमा नलिन आग्रह गरिरहेका बेला राष्ट्रपति बोल्सोनारो अभिव्यक्तिले झन् जटिलता थप्ने बताइएको छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here