ए डिभिजन लिग : अक्सनप्रति ए डिभिजनका ८ क्लबको आपत्ति

१९ फागुन, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका आठ क्लबले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल) को विरोध गरेका छन् । 

यसअघि पनि खेलाडीहरुको उपलब्धतालाई लिएर विज्ञप्ति जारी गरेका क्लबले आफूहरुसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै एन्फाको गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् ।

frontline

विज्ञप्तिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुको मागप्रति चासो नदेखाएको पनि उल्लेख गरेका छन् ।

ए डिभिजन लिगका आठ क्लबहरुले अक्सनका लागि एनएसएल आयोजकले आफूहरुसँग छलफल नगरेकाले छलफल हुनुपर्ने माग यधाशीघ्र सम्बोधन हुनुपर्ने माग गरेका छन् ।

यसो नभए यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार एन्फा नै हुने विज्ञप्तिमा  उल्लेख छ ।

यस पटक एनएसएलमा १० क्लब रहनेछन्  । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here