‘ए’ डिभिजन लिगमा एनआरटीसँग फ्रेन्ड्स क्लब ३–२ ले पराजित
१७ पुस, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले हराएको हो ।
एनआरटीलाई जीत दिलाउन मेसुके ओलुमोउले दुई गोल गरे । यस्तै स्टेभेन समिरले एक गोल थपे । फ्रेन्ड्सका जमोउल एन्थोनी र नाथनियल गार्सियाले एक एक गोल फर्काए ।
यो जितसँगै एनआरटीले ७ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्सले ७ खेलमा ३ अंक जोडेको छ ।
त्यसअघि शुक्रबार भएको पहिलो खेलमा आर्मी अर्को विभागीय टोली एपीएफसँग १–१ गोलको बराबरीमा रोकियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो ।
विभागीय डर्बीको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६३ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६७ औं मिनेटमा बिकी तामाङले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै आर्मीले ७ खेलमा ११ अंक जोडेको छ । एपीएफले ७ खेलमा ६ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्