एसियन भलिबल च्याम्पियनसिपका लागि पहिलो चरणमा १८ खेलाडी छनोट

श्रोत : ईन्टरनेट

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि पहिलो चरणमा १८ खेलाडी छनोट भएका छन् ।

प्रारम्भिक प्रशिक्षणमा बोलाइएका २७ मध्येबाट छनोट समितिले १८ खेलाडी छनोट गरिएको नेपाल भलिबल संघमा उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।

frontline

नेपाल भलिबल संघका सचिव मानविर छन्त्यालको संयोजकत्वमा रहेको ७ सदस्यीय छनोट समितिले शनिवार १८ खेलाडी छनोट गरेको हो ।

पहिलो चरणमै राष्ट्रिय टिमबाट खेलिसकेका दुई खेलाडी कमला पुन र हिरा केसी बाहिरिएका छन् ।

यस्तै कृपा अधिकारी र मनिषा चौधरी १८ सदस्यीय टिममा पनि निरन्तरता पाएका छन् ।

सरस्वती जैशी, लक्ष्मी चन्द, रिया कुँवर, कविता भट्ट, शान्ति थारु, पहिलो पटक १८ सदस्यीय टोलीमा अटाएका छन् ।

पछिल्लो पटक २०७६ मा नेपालमै भएको १३ औं साग खेलेका कप्तान अरुणा शाहीसहित ११ खेलाडीले निरन्तरता पाएका छन् ।

त्यो बेला टिममा पुनम चन्द यस पटक प्रारम्भिक प्रशिक्षणमै सहभागी भइनन् ।

नेपाल पुलिसको तालिममा रहेकाले पुनसहित ३ खेलाडी प्रशिक्षणमा आएका थिएनन् ।

अब १८ जनाबाट १४ सदस्यीय अन्तिम टोली छनोट गरिने मास्केले जानकारी दिइन् । 

यस्तै नेपाली टिमको म्यानेजरमा ज्योती केसीलाई नियुक्त गरिएको छ ।

यसअघि उपाध्यक्ष मास्केलाई नै म्यानेजर बनाएपनि उनले राजीनामा दिएपछि केसीलाई नयाँ म्यानेजर बनाइएको हो ।

यी हुन् पहिलो चरणमा छनोट भएका १८ खेलाडी

ओपन स्पाइकर : प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना

ब्लकर : सफिया पुन, सुनीता खड्का, मनिषा चौधरी, उषा विष्ट, कविता भट्ट

ब्याक : रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर

लिफ्टर : अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी

लिबरो : सलिना श्रेष्ठ, सरस्वती जैसी

प्रतिक्रिया दिनुहोस्

poster-here