एम्बुलेन्स दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

शनिबार, रोल्पा । रोल्पा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक जना हाम्फालेर बाँच्न सफल भएका छन्।

माडी गाउँपालिका वडा नं. २ खोलाबाङ भन्ने स्थानमा शनिबार बिहान ४ बजेतिर रा१च ७०५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा माडी-६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको घटनास्थलमै मृत्यु भएको हो।

frontline

रोल्पा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले माडी-६ का ३८ वर्षीय प्रितिप्रसाद पुन भने हाम्फालेर ज्यान जोगाउन सफल भएको बताए।

डिएसपी सुवेदीले माडी-२ की एक जना महिला घरभित्र आफैं लडेर अचेत भएपछि सुनिल स्मृति अस्पतालको एम्बुलेन्सबाट भैरहवा उपचारका लागि लगिएको थियो।

ती महिलाको भैरहवामै उपचारका क्रममा मृत्यु भएपछि सोही एम्बुलेन्सले शव बोकेर घरमा पुर्‍याएको थियो।

शव पुर्‍याएर फर्किने क्रममा एम्बुलेन्स माडी-२ खोलाबाङमा सडकबाट झन्डै ६ सय मिटर तल खस्न पुगेको डिएसपी सुवेदीले बताए।

‘घाइतेका अनुसार चालक निदाएका कारण दुर्घटना भएको भन्ने छ,’ डिएसपी सुवेदीले भने।

घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here