एमाले विवाद गहिरिँदो, आज दुबै पक्षको भिन्न भिन्नै बैठक

फ्रन्टलाइन राजनीति । विवाद चरम उत्कर्षमा पुगेको नेकपा एमालेका दुबै पक्षको आज भिन्न भिन्नै बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक राख्नुभएको छ । अपरान्ह ४ बजे बस्ने सो बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।

ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता छैनन्। यस्तै केही समयदेखि समानान्तर गतिविधि गरिरहेका र ओली पक्षबाट निस्कासनमा परेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आज केन्द्रीय समिति बैठक बोलाएको छ। यो बैठक भर्चुअल रूपमा बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेपाल पक्षिय श्रोतले जनाएको छ ।

frontline

अध्यक्ष ओलीकै कारण अब एकता टर्दै गएको निष्कर्षमा नेपाल पक्ष पुगेको छ । यसबारे नेता नेपालले थप कुरा केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्न लागेको बुझिएको छ । आफू अप्ठ्यारोमा पर्दा मात्रै ओलीले वार्ताको कार्ड फ्याँक्ने गरेको नेपाल पक्षको भनाइ छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि खनाल, नेपालसहित ११ जनालाई ओलीले पार्टीबाट निकाल्नुभएको थियो । नेपाल पक्षले भने बेग्लै पार्टी खोल्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here