एमाले महाधिवेशन : लुम्बिनीका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन

श्रोत : ईन्टरनेट

१० कात्तिक, बुटवल । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता शंकर पोखरेलको गृह जिल्ला दाङका १० वटा र पाल्पाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचन हुने भएको छ ।

जसअनुसार घोराही उपमहानगरपालिका अध्यक्षमा भुवन चौधरी, तुलसीपुर उपमहानगरपालिका अध्यक्षमा माधव वली, लमही नगरपालिका अध्यक्षमा डण्डीराम चौधरी,गढवा गाउपालिका अध्यक्षमा बाबुराम अधिकारी, बबई गाउँपालिका अध्यक्षमा जितबहादुर वली,राजपुर गाउंपालिका अध्यक्षमा हेमकुमार जिसी निर्वाचित भएका छन् ।

frontline

यस्तै राप्ती गाउपालिका अध्यक्षमा मदन अधिकारी, शान्तिनगर गाउँपालिका अध्यक्षमा धन बहादुर केसी, दंगिशरण गाउँपालिका अध्यक्षमा रेशम वली र बंगलाचुली गाउँपालिका अध्यक्षमा पुष्पराज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै पाल्पाका दश वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

तानसेनमा आत्रेय

पाल्पाको तानसेन नगर अधिवेशनबाट गुराँस आत्रेय निर्विरोध निर्वाचित भएका छन् ।

रामपुरमा रेग्मी

पाल्पाको रामपुर नगरपालिकाको नगर अधिवेशनबाट विष्णु रेग्मी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

बगनासकालीमा पाठक

पाल्पाकै बगनासकाली गाउँपालिका अधिवेशनबाट अध्यक्षमा हरि पाठक चयन भएका छन् ।

तिनाउ गाउँ पालिका

पाल्पाकै तिनाउ गाउं कमिटी अध्यक्षमा प्रेम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

रम्भा गाउँपालिका

पाल्पाकै रम्भा गाउपालिका अध्यक्षमा योगेन्द्रप्रसाद गैरे सर्वसम्मत चयन भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका

पाल्पाकै रैनादेवी छहरा गाउँ कमिटी अध्यक्षमा राम प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

रिब्दीकोट गाउँपालिका

पाल्पाकै रिब्दिकोट गाउपालिका अध्यक्षमा आशिष विश्वकर्मा निर्वाचित भएका छन् ।

माथागढी गाउँपालिका

पाल्पाकै माथागढी गाउंपालिका अध्यक्षमा तेज घर्तीमगर निर्वाचित भएका छन् ।

पूर्वखोला गाउँपालिका

पालपाकै पूर्वखोला गाउँ कमिटी अध्यक्षमा जीवन आचार्य निर्विरोध चयन भएको छन् ।

निस्दी गाउँपालिका

पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्षमा नरेश सुनारी मगर निर्वचित भएका नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद अचार्यले जानकारी दिए ।

बुटवलमा ज्ञवाली

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन भएका छन् ।

सैनामैनामा न्यौपाने

रुपन्देहीकै सैनामैना नगर अधिवेशनबाट चेतनारायण न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन् । उनी एमाले र माओवादी केन्द्र एकीकरण हुनुपुर्व माओवादी केन्द्रमा थिए । उनी माओवादीबाट नगर प्रमुखको उम्मेदवार भएर पराजित भएका थिए ।

लुम्बिनीमा खान

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको अधिवेशनबाट निसार अहमद खान अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

गैडहवामा राना

रुपन्देहीको गैडहवा गाउँपालिकाको अधिवेशनबाट भुवन राना अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

रोहिणीमा कौशल

रुपन्देहीकै रोहिणी गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा सुनिल कुमार कौशल सर्वसम्मत निर्वाचित भएका छन् ।

कञ्चनमा आचार्य

रुपन्देहीको कञ्चन गाउँ अधिवेशनले दिनानाथ आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।

रुपन्देहीको तिलोत्तमा,सिद्धार्थनगर र देवदह नगरपालिकामा अध्यक्षलगायत पदाधिकारीमा आकांक्षी धेरै भएपछि नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here