एमाले महाधिवेशन : प्रधानमन्त्री देउवालाई निम्तो

४ मंसिर, काठमाडौं । नेकपा एमालेले पार्टीको १०औं महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ ।

शुक्रबार एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता राजन भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर महाधिवेशनको उद्घटन सत्रमा सहभागी भइदिन आमन्त्रण गरेको हो ।

frontline

जवाफमा प्रधानमन्त्री देउवाले खुशी प्रकट गर्दै महाधिवेशनका लागि शुभकामना दिएको र आफू महाधिवेशनमा सहभागी हुने वचन दिएको संसदीय दलका उपनेता नेम्वाङले जानकारी दिए ।

एमालेको १०औ महाधिवेशन चितवनको नारायणी नदी किनारमा यही मंसिर १० गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here