एमाले महाधिवेशनमा राप्रपा अध्यक्ष कमल थापालाई निम्तो

५ मंसिर, काठमाडौं । नेकपा एमालेले मंसिर १० गते चितवनमा हुने आफ्नो दशौं महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सम्बोधन गर्न निम्तो दिएको छ ।

एमाले अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले शनिबार पार्टी केन्द्रीय कार्यालयमा भेट गरी अध्यक्ष थापालाई बुझाएका छन् ।

frontline

नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा सम्बोधनका लागि चितवन जाने कार्यक्रम रहेको राप्रपा प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाको महाधिवेशन पनि मंसिरको १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here