एमाले बैठकमा पत्रकारहरुलाई बाहिर पठाएर अध्यक्ष ओलीको सम्बोधन

२ फागुन, काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेश दिइएपनि अध्यक्ष ओलीको सम्बोधनका क्रममा भने बाहिर निकालिएको छ । यतिबेला नयाँ बानेश्वरको संसद भवनमा बैठक जारी छ ।

जसमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । तर उनको सम्बोधनका बेला भने पत्रकारहरुलाई बाहिर निस्कन आग्रह गरिएको हो ।

frontline

एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्तामाथि धारणा बनाउन संसदीय दलको बैठक ढाकेको हो ।

त्यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुने जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here