एमाले बैठकमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने प्रस्ताव

सोमबार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकले उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरेको छ।

frontline

आजै केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव छलफलका लागि पेश हुने एक स्थायी कमिटी सदस्यले बताए।

‘अब महाधिवेशनमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुन्छन्। बाँकी पद अध्यक्षले मनोनयन गर्ने हो,’ ती स्थायी कमिटी सदस्यले भने, ‘यो प्रस्ताव केन्द्रीय कमिटीमा जान्छ।

केन्द्रीय कमिटीको तर्फबाट विधान अधिवेशनमा पेश हुन्छ।’

प्रस्तावित विधान पारित भएमा अध्यक्ष, महासचिव र केन्द्रीय सदस्यहरू मात्रै निर्वाचित भए आउनेछन्।

हालको विधानमा एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here