एमाले कालिकोटको अध्यक्षमा जशी प्रसाद पाण्डे निर्बाचित
३० पुस, काठमाडौं । नेकपा एमाले कालिकोटको १०औं जिल्ला अधिबेशनमा सरिक हुनु भएका सम्पुर्ण कमरेडहरु प्रती हार्दिक धन्यवाद।
मलाई बिश्वास गरि नेकपा एमालेको जिल्ला अध्यक्ष पदमा निर्बाचित गर्न अवोरात्र खटिनु हुने सम्पुर्ण कमरेडलाई विशेष धन्यवाद।
मत दिने र मन दिने सबै प्रतिनिधि साथीहरू ,नेकपा एमालेका शुभचिन्तक र सम्पुर्ण शुभेच्छुक महानुभाबहरु प्रती हृदय देखि नै धन्यवाद प्रकट गर्दछु।
विभिन्न माध्यमबाट सहयोग र सद्भावले हौसला दिनु हुने तपाईं सम्पुर्णप्रती अत्यन्तै आभारी छु। प्रतिनिधि कमरेडहरुले दिएको अमुल्य मतले थप जिम्मेवार भएको महसुस गरेको छु।
चुनावी प्रक्रिया भरी साथ दिने र सहयोग गर्नुहुने सबै लाई नमन। यहाँ हरुको अमुल्य मतको कदर गरि पार्टी को नीति विधि र सिद्धान्तलाई सदैब आत्मसात गर्नेछु।
निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाकै रुपमा लिएर आजै देखि नेकपा एमालेलाई एकढिक्का गर्न भुमिका खेल्नेछु।
नेकपा एमालेको १० औं जिल्ला अधिबेशनबाट निर्बाचित र सर्बसम्मत हुनु भएका सम्पूर्ण कमरेडहरु लाई हार्दिक बधाई ।
पार्टी एकढिक्का बनाउन, कालिकोटबासि जनता र जिल्लाको हितका निम्ति जिल्लाका अरु पार्टिहरु सङ्ग सहकार्य गर्न सधै तयार रहने छु।अभिवादनधन्यवाद।
प्रतिक्रिया दिनुहोस्