एमाले एकताको समस्याको जड मुख्य नेता

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे ।

frontline

सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।

कसले, किन र केकालागि गर्दैछ यो सब ?’

पछिल्लो समय केपी शर्मा ओली र माधव नेपाल दुवैको गुटमा स्पष्ट नदेखिएर आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका भट्टराईले संवादहीनता तोडेर साझा संकल्प गरे पार्टी एकता सम्भव रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here