एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

फाइल तस्बिर

१९ असार, काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि कमाण्डरहरुसमेत तोकिएको छ । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि सातै प्रदेशमा कमाण्डर तोकेको हो ।

प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here