एमालेले बोलायो स्थायी कमिटी बैठक

आइतबार, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ।

frontline

उक्त बैठकपछि सोमबार नै केन्द्रीय कमिटी बैठक राखिएको उनले जानकारी दिए।

स्थायी र केन्द्रीय कमिटीको बैठक तुलसीलाल स्मृति भवनमा बस्ने तामाङले बताए।

एमालेले आइतबारका लागि यी बैठक बोलाए पनि पार्टी एकताका पहलका लागि भन्दै एक दिन बैठक सारिएको छ।

एमालेमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विभिन्न विषयमा कुरा मिलेको छैन।

पछिल्लो समय नेता नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ मा विश्वासको मत दिएका थिए।

पार्टी एकताका लागि पहल भइरहेको दुबै पक्षका नेताहरू बताउँछन्। तर दुबै पक्षका स्थायी र केन्द्रीय कमिटी बैठक भिन्नाभिन्नै रूपमा भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here