एमालेले कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन

काठमाण्डु । नेकपा एमालेले कर्णाली प्रदेशका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी भएका माधव नेपाल समूहका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

frontline

बैठकले सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम प्रदेशसभामा एमालेको प्रदेशसभा सदस्यको रुपमा पुनःस्थापित गराउँदासमेत दलीय व्यवस्थाको आचरणविरुद्ध नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा रही रहेकाले तत्काल मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गरेको छ ।

साथै सर्वोच्चबाट पुनःस्थापित चारै जनालाई संसदीय दलको सदस्यको रुपमा भूमिका निर्वाह गर्न पनि निर्देशन दिएको छ ।

शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा सहभागी भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी कुर्मराज शाही र भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई राजीनामा दिन निर्देशन दिएको हो ।

नेपाल समूहका सांसदले गत वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई  विश्वासको मत दिएका थिए । कर्णाली प्रदेशसभामा एमालेका २० (सभामुखसहित), माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here