एमालेको सातै प्रदेशमा चुनावी प्रशिक्षण आजदेखि सुरु

२८ माघ, काठमाडौं । नेकपा एमालेले आजदेखि चुनावी प्रशिक्षण सुरु गर्न लागेको छ । आज एक भर्चुअल कार्यक्रममार्फत एमाले अध्यक्ष केपी ओलीले सातै प्रदेशमा एकसाथ ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ उद्घाटन गर्न लागेका हुन् ।

एमालेको थापाथलीस्थित पार्टी कार्यालयबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उक्त प्रशिक्षण उद्घाटन गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

frontline

उनका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटीका पदाधिकारी, संघीय सांसद, प्रदेश सभा सदस्य तथा जिल्ला कमिटीका पदाधिकारी तथा प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु भर्चअल माध्यमबाटै सहभागी हुनेछन् ।

सरकारले चुनावको मिति घोषणा गरेपछि एमाले चुनावकेन्द्रित भएको हो । अगामी २०७९ सालको वैशाख ३० गते देशभरका स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here