एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो ।

frontline

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजनालगायत विषयमा छलफल हुने तय भएको छ ।

बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here