एमालेको विधान महाधिवेशन मिति संशोधन

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन मिति संशोधन गरिएको छ।यसअघि तोकिएको मिति संशोधन गर्दै शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने भनिएको थियो।

समय अपुगले र छलफल बाँकी नै रहेकोले मिति सार्नुपरेको उनले जानकारी दिए। यस्तै, स्थायी कमिटी बैठक असोज ३ र ४ बस्नेछ भने केन्द्रीय कमिटी बैठक ८ र ९ गते हुने उनले जानकारी दिए। यस्तै, बैठकले भोलि १२ बजे संसदीय दलको बैठक राख्ने निर्णय गरिएको उनले बताए।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here