एमसीसी र एसपीपी अगाडि बढीसकेको छ : वामदेव गौतम

११ असार, काठमाडौं । शनिबार नेकपा राष्ट्रिय एकता अभियानको दोस्रो भेलामा प्रस्तुत राजनीतिक प्रस्तावमा गौतमले एमसीसी र एसपीपी अमेरिकाले पहिले नै अगाडि बढाइसकेका योजना सैनिक गठबन्धनसँग सम्बन्धित भएको पनि बताए ।
दुई संस्थालाई नेपालमा प्रवेश गराएर अमेरिकाले त्यही गठबन्धनमा नेपाललाई सामेल गराउन चाहेको उनको भनाइ थियो ।




गौतमले राजनीतिक प्रस्तावमा भनेका छन्, ‘एसपीपी घुमाउरो तरिकाले नेपाल प्रवेश गरिसकेको विभिन्न तथ्यहरूले सावित गरेका छन् ।
एमसीसी र एसपीपीका सम्बन्धमा नेपाली कांग्रेस पार्टी अहिलेसम्मका उसको व्यवहारबाट सबभन्दा ठूलो भ्रममा रहेको देखियो ।
एमसीसीका पक्षमा नेपाली जनमत थिएन र अहिले पनि छैन तर नेपालका राजनीतिक पार्टीहरूले जनतालाई चुप लाग्न बाध्य परेका छन् ।’
एसपीपी भने सत्ताधारी गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूको दबाबका कारण मन्त्रिपरिषद्बाटै निर्णय गराई फिर्ता लिइएको पनि गौतमले बताए ।
तत्काल नेपाल सम्भावित महासंकटबाट बचे पनि कांग्रेसको नेतृत्वमा सरकार रहँदासम्म विकासका नाममा यस्ताखाले सम्झौतामा फेरि नेपाल फस्ने सम्भावना भने उत्तिकै रहेको उनले बताएका छन् ।
यसमा गठबन्धनका कम्युनिस्ट पार्टीहरूले गठबन्धनमा रहँदासम्म सतर्क भइरहनुपर्ने पनि गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस्