एनसिसि र च्याप्टरका लागि टेक्सासका ३ उमेद्वारको संयुक्त औपचारिक उमेद्वारी

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचन २०२१-२३ का लागि टेक्सासबाट एनसीसी र च्याप्टरका लागि सचिव र अध्यक्ष पदका ३ उमेद्वारले एकसाथ आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेका छन् । शनिवार ह्वस्टनमा एक कार्यक्रमको आयोजना गरि एनसीसी सचिव पदका लागि द्रोण गौतम, टेक्ससा च्याप्टर अध्यक्षमा गंगा शर्मा र च्याप्टर सचिवमा कृष्ण न्यौपानेले संयुक्त औपचारिक उमेद्वारी घोषणा गरेका हुन् ।

यस अघि नै सामाजिक संजाल र अमेरिकाबाट संचालित पत्रपत्रिका मार्फत नयाँ कार्यसमिती निर्वाचनका लागि आफ्नो पद सहित उमेद्वारी सार्वजनिक गौतम, शर्मा र न्यौपानेको संयुक्त औपचारिक उमेद्वारी कार्यक्रममा प्रत्यासी ३ नै जनाले आफ्नो सामाजिक कर्मको लामो यात्रालाई स्मरण गरेका थिए । बाल्यकाल, राजधानीको बिद्यार्थी जीवन हुँदै अमेरिका प्रवेसका सुरुवाती संघर्ष र त्यही संघर्ष पछिको सफलताको अनुभवले आजको एनआरएनए निर्वाचनसम्मको आफ्नो ब्यक्तीगत र सामाजिक पृष्ठभूमीबारे संक्षिप्त रुपमा बताएका प्रत्यासीहरुले यस निर्वाचन, नेपाली समुदाय र संस्थाका लागि आफुले बनाएका महत्वपूर्ण योजनाबारे प्रकाश पारेका थिए ।ह्युस्टनबासी नेपाली समुदायका बिच आयोजित यस उमेद्वारी घोषणा कार्यक्रममा सो क्षेत्रका नेपालीका लागि संधै सक्रिय रहेका सामाजिक अभियन्ता र मिडियालाई धन्यवाद दिईएको थियो । जसमा एनआरएनए एनसीसी उपाध्यक्ष कृष्ण जीवि पन्त, एनएसटीका पुर्ब अध्यक्ष कृष्ण लामिछाने, एनआरएनए एनसीसी सचिव अमृत कट्टेल, टेक्ससा च्याप्टर सचिव सोफिन थापा, एनएका अध्यक्ष विजय राज भट्टराई ,नेपाली समाज टेक्सासका सिनिएर भाइस प्रेसिडेन्ट राजेन्द्र वाग्ले, टेक्सासबाट संचालित अनलाईन पत्रिका यूएस खबर र संचालक किशन रेग्मी लगायत रहेका थिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here