एनपीएल – ३ को उपाधिका ४ दाबेदार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लिग चरण सकिएको छ। लिग चरण सकिँदा एनपीएल तेस्रो संस्करणको उपाधि भिडन्तको निर्णायक मोडमा पुगेको छ। ८ टोली सहभागी प्रतियोगितामा २८ वटा लिगका खेलहरू सम्पन्न भएका छन्। 

८ टोलीमध्ये ४ टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। साविक विजेता लुम्बिनी लायन्स, साविक उपविजेता रहेको सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज अब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

frontline

लिग चरणको प्रदर्शनले ४ टोलीले प्लेअफको यात्रा गरेका हुन्। उपाधि रक्षाको यात्रामा हिँडेको लुम्बिनी लायन्सले उपाधि रक्षाको अभियानलाई बलियो बनाएको छ। सुदूरपश्चिमले सुरुवाति हारपछि लगातार जित निकाल्दै आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ। काठमाडौंले सुरुवाती निराशाबाट पुनरागमन गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ भने चितवनले उतारचढावपूर्ण प्रदर्शनका बाबजुद अन्तिम ४मा स्थान बनाएको छ।

लिग चरणको ७ खेलबाट ५ जित,एक हार र एक नतिजाविहीन खेलसहित ११ अंक जोडेको लुम्बिनी लिग चरणको शीर्ष टोली बन्यो। ५ जित निकालेको सुदूरपश्चिम १० अंकसहित दोस्रो स्थानमा छ। काठमाडौंले ४ जितबाट ८ अंक जोड्दा चितवनले ३ जित र एक नतिजाविहीन खेलबाट ७ अंक हासिल गर्‍यो।

अंक तालिकामा साविक विजेतालाई नै शीर्ष स्थानमा उभ्याएको छ। साविक उपविजेता अर्थात सुदूरपश्चिम रोयल्सले दोस्रो स्थान बनायो। चारै टोलीको बीचमा अंकको मात्रै नभई यी टोलीले लिग चरणमा गरेको प्रदर्शनको आकँडालाई स्पष्ट पार्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here