एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज अपराहन्न साढे १२ बजेदेखि सुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमने सामने हुँदै छन् ।
जारी प्रतियोगितामा विराटनगर किंग्सले ५ खेलमा २ जित र ३ हारसहित ४ अङ्क हासिल गरेको छ र छैटौँ स्थानमा रहेको छ । त्यस्तै पोखरा एभेन्जर्सले भने ५ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ ।
त्यसैगरी, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन् । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अङ्कसहित सातौँ स्थानमा छ भने लुम्बिनीको ५ खेलमा ७ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्