एनआरएनए विवाद मिलाउने जिम्मा शेष घलेलाई

२ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद मिलाउने जिम्मा शेष घलेले पाएका छन्।

संघको शनिबार भएको बैठकले संरक्षक परिषद्का अध्यक्ष शेष घलेलाई महाधिवेशन गराउने जिम्मा दिएको हो। घलेको अध्यक्षमा विवाद समाधान समिति बनाएको छ। 

frontline

दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि संघले घलेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो।

समितिमा पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य छन्।
समितिको सदस्यमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त छन्। 

बैठकले संघको दशौं महाधिवेशन तथा आइसीसी निर्वाचनको कार्यतालिका पनि तय गरेको छ।

आगामी २८ फेब्रुअरीमा नयाँ आइसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here