एनआरएनए उपाध्यक्षमा आरके शर्मा (राजेन्द्रकुमार शर्मा)को उम्मेदवारी घोषणा
२१ कात्तिक, चितवन : गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को २०२१–२०२३ कार्यकालका लागि आरके शर्मा (राजेन्द्रकुमार शर्मा) ले उम्मेदवार उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारीसगैँ शर्माले आफ्ना ७ प्रतिवद्धता समेत अगाडी सारेको छन् । शर्माले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीका विभिन्न साता अधार तय गर्दै प्रतिवद्धता समेत प्रस्तुत गरेका हुन् ।
शर्माले जारी गरेको प्रतिवद्धता सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवसिय नेपाली नागरिकता, रेमिटेन्सका सहि सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनएमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार र राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान रहेको छ ।
शर्माले गैरआवासीय नेपाली संघको ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रसहित चलेको अभियानमा विभिन्न समयक्रममा नेतृत्वमा रहेर समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
शर्माले विगतमा मध्यपूर्व संयोजकको २ बर्षे कार्यकाल तथा आइसीसी सचिव पदमा रहेर सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
यसैक्रममा संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकाल २०२१—२०२३ को लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको शर्माले बताए ।
प्रतिबद्धता:१. सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार
२.गैरआवसिय नेपाली नागरिकता
३.रेमिटेन्सका सहि सदुपयोग र लगानी
४- स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउन
५- एनआरएनएमा सबैको स्वामित्व
६-गोर्खाजको सम्मानित अधिकार
७-राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान
प्रतिक्रिया दिनुहोस्