एनआरएनएको समाचार संयोजकमा चिरन शर्मा
२२ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समाचार संयोजकमा चिरन शर्मा मनोनित भएका छन्।
नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्षसमेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) समितिले उनलाई सो जिम्मेवारी दिएको हो।
गैरआवासीय नेपाली संघका प्रवक्ताद्वय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधानबमोजिम संयुक्त रूपमा सो समितिलाई आइतबार विस्तार गरेका हुन्।
समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशनसम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ।
प्रवक्ताद्वय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरू रहेका छन्। समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन्।
समितिमा १ दर्जन पत्रकारहरूलाई समाचार विज्ञको रूपमा समेटिएको छ। गैरआवासीय नेपाली संघका महासचिवद्वय गौरीराज जोशी र केशव पौडेलको विभागअन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्वयको सिफारिशमा उपमहासचिवद्वय रामशरण सिमखडा र नारायण काफ्लेले अन्तिम रूप दिएको समितिका सदस्य सचिव डा. चिरनजिवी खड्काले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्