एक सातादेखि राेकिएकाे राहदानी वितरण प्रक्रिया सुरु

२४ पुस, काठमाडौं । राहदानी विभागले एक सातादेखि राेकिएकाे राहदानी वितरणको प्रक्रिया सुरु गरेको छ । गत १७ गतेदेखि विद्युतीय राहदानीको प्रमाणीकरण प्रक्रियामा देखिएको ढिलासुस्ती समाधान भएको विभागले प्रस्ट पारेको छ ।

राहदानी तयार भएको म्यासेज मोबाइलमा आएपछि मात्र लिन आउन आवेदकलाई अनुरोध गरिएको विभागकी प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् । 

frontline

राहदानी वितरणमा भएको केही ढिलाइले सेवाग्राहीहरूमा पर्न गएको असुविधा प्रति राहदानी विभाग क्षमाप्राथी छ,’ विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने समेत जानकारी गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here