एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु, ६ जना घाइते

१५ मंसिर, मिचिगन । अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षक सहित अन्य ६ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुशार सोही विद्यालयमा पढने अर्का एक १५ वर्षिय विद्यार्थीले गोली चलाएका थिए । घटना लगत्तै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेको समाचार बीबीसीमा समाचार छ ।

frontline

घटना पछि विद्यालयका कक्षाहरु बन्द गरिएको छ । घटनामा संलग्न संदिग्धले प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।

ती विद्यार्थीले सेमी अटोमेटीक ह्याण्ड गनले १५/२० गोली प्रहार गरेका थिए । घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here