एक जनालाई बेचिसकेको जग्गा पुनः अर्कैलाई बिक्री गर्ने प्रयास

श्रोत : ईन्टरनेट

विराटनगर । मोरङको उर्लाबारीमा एक जनालाई बेचिसकेको जग्गा पुनः अर्कैलाई बिक्री गर्ने प्रयास गरेको पाइएको छ।

उर्लाबारी नगरपालिका–८ राजघाटका ५४ वर्षीय शिवकुमार भुजेल र उनकी श्रीमती ४५ वर्षीया जानुका भुजेलले एउटै जग्गा एक जनालाई बेचिसकेर पुनः अकैलाई बेच्ने प्रयास गरेका हुन्।

frontline

जानुकाको नाममा दर्ता कायम रहेको राजघाट ७ (ख) कित्ता नम्बर १४४८ र १४५१ नम्बरको १० धुर जग्गा भुजेल दम्पत्तिले २०७६ साल पुस २७ गते पहिलो पटक बिक्री गरेको फेला परेको छ। 

प्रहरीका अनुसार उनीहरुले उर्लाबारी–९ की सीतादेवी सुब्बालाई एक लाख ५० हजार रूपैयाँमा उक्त जग्गा बेचेका हुन्।

त्यही जग्गा २०७७ साल असोज १६ गते उर्लाबारी–७ की लक्ष्मी लिम्बूलाई पनि फेरि बिक्रीको प्रयास गरेको अनुसन्धानबाट खुलेको छ।

लक्ष्मीलाई सात लाख रूपैयाँमा बिक्री गर्नका लागि लिखत कागजसमेत गरिसकेपछि यसका बारेमा खुलेको प्रहरीको भनाइ छ। 

उक्त जग्गाका बारेमा बुझ्ने क्रममा त्यसअघि नै अर्कैलाई बिक्री गरिसकेको थाहा पाएपछि लक्ष्मीले आफूमाथि ठगी गरिएको भनेर भुजेल दम्पत्तिविरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा गत असार २३ गते किटानी जाहेरी दिएकी थिइन्।

प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले जानुकालाई गत असार २६ गते पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान अघि बढाएको थियो। 

श्रीमतीसँग मिलेर एउटै जग्गाको दोहोरो कारोबार गर्न खोज्ने शिवकुमार भने फरार रहेकाले खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ।

जिल्ला अदालत मोरङले जानुकालाई गत बिहीबार एक लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

अदालतका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार धरौटीबापतको रकम बुझाउन नसकेपछि जानुकालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here