एक्सपान्सन टू स्टागनेशन : नेपाली बैंकिङको पछिल्लो एक दशक
काठमाडौँ । ८३ खर्ब ११ अर्ब निक्षेप, ५९ खर्ब ५७ अर्ब कर्जा, निक्षेप विस्तार १३.८ प्रतिशत, कर्जा विस्तार ६.५ प्रतिशत, कर्जामा ६.६ प्रतिशतको औसत ब्याजदर, निक्षेपमा ३.२ प्रतिशत औसत ब्याजदर, १२.६७ प्रतिशतको पुँजीकोष अनुपात, ९.९५ प्रतिशतको प्राथमिक पुँजीकोष अनुपात- आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म नेपाली बैंकिङ क्षेत्रको अवस्था हो यो ।
यसबाहेक उक्त समयमा ४६.८ प्रतिशत बचत निक्षेप, ३५.२ प्रतिशतको मुद्दती निक्षेप, ९.० प्रतिशतको कल निक्षेप र ८.९ प्रतिशत ब्याजरहित निक्षेप, ६.६२ प्रतिशत निष्क्रिय कर्जा अनुपात, ५.६६ प्रतिशत गैरबैंकिङ सम्पत्ति, पुँजीकोषमा ९.६० प्रतिशत प्रतिफलको अवस्था देख्न सकिन्छ ।
बैंकहरुको कुल आम्दानीको २८.२ प्रतिशत रकम सेयरधनीहरुलाई रहने गरेको छ । बाँकी रकम भने इम्पेरिमेन्ट चार्ज, कर्मचारी खर्च, कार्यालय सञ्चालन लगायतमा खर्च हुने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।
आजभन्दा १० वर्षअघि अर्थात् सन् २०१६ मा यही तथ्याङ्कको अवस्थामा आकाश जमिनको अन्तर थियो ।
त्यतिबेला २१ खर्ब ८ अर्ब निक्षेप; १६ खर्ब ८१ अर्ब कर्जा प्रवाह भएको थियो । यो समयमा निक्षेप र कर्जा प्रवाह विस्तारको ट्रेन्ड क्रमशः १८.६० प्रतिशत र १३.२० प्रतिशत थियो । कर्जाको औसत ब्याजदर ११.४ प्रतिशत थियो भने निक्षेपमै औसत ६.२ प्रतिशत ब्याज पाइन्थ्यो ।






प्रतिक्रिया दिनुहोस्