एकैदिन ६ लाखले लगाए कोरोनाको खोप

२३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा झण्डै ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ लाख  ८८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

frontline

यो सहित नेपालमा अहिलेसम्म तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा  खोपको प्रयोग भएको छ ।  

जसमा १ करोड ७७ लाख ४० हजार ८ सय ३५ जनाले पहिलो मात्रा, १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा र ६ लाख तीन हजार ४ सय ८ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । 

यस्तै गएको  २४ घण्टामा १ हजार  ७ सय १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

आरडीटी, पीसीआर र एन्टिजेन  गरी ८ हजार  ५ सय १३ जनामा परीक्षण गरिएकोमा १ हजार ७ सय १४ जना कोरोनाका नयाँ सक्रमित थपिएका हुन् । 

त्यस्तै आज ४ हजार ७७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख नाघेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ९ लाख ६३९ जना निको भएका छन् ।

कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ ।

देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here