एकैदिन १३९ संक्रमितको मृत्यु

श्रोत :ईन्टरनेट

नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रणबाट आज १३९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेकाे छ । विभिन्न समयमा मृत्यु भएर तथ्यांक आउन छुटेकाले आज १३९ जनाको तथ्यांक सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । 

frontline

यसअघि पनि कोभिड संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा एकरुपता थिएन ।  

पछिल्लो चौबीस घण्टामा भने ७४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here