एकीकृत समाजवादी विदेश विभाग सचिवमा डा. शंकर खतिवडा

२३ कार्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी विदेश विभाग सचिवमा डा. शंकर खतिवडा चयन भएका छन् ।

स्वास्थ्य उपचारपछि पार्टी काममा फर्किएका झलनाथ खनाल प्रमुख रहेको विदेश विभाग सचिवमा खतिवडा चयन भएका हुन् ।

frontline

मिर्गाैला प्रत्यारोपण पछि आराम गरिरहेका खनाललाई एकीकृत समाजवादीले सम्मानित नेता मानेको छ ।

खनालले विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल गरेका थिए । उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएका छन् ।

गत साउन २० गते भारत, नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए ।

चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उनी कुनै पनि कार्यक्रममा सहभागी भएनन् ।

खनालले अबको केही समय सार्वजनिक कार्यक्रममा सहभागी नहुने तर, पार्टीका आन्तरिक गतिविधिमा भने सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here