एकीकृत समाजवादी लाई सहभागी गराई मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राउत

३ मंसिर, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादी (एस) पार्टीलाई सहभागी गराई मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय नेकपा एसलाई दिएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

frontline

नेकपा एसका अध्यक्ष माधव नेपाल, प्रदेश संसदीय दलका नेता शत्रुधन महतो, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री राउतबीच भएको छलफलपछि ती दुबै मन्त्रालय नेकपा एसलाई दिएर सरकार विस्तार गर्ने निर्णय भएको हो।

केन्द्रीय गठबन्धन अनुसार नेकपा एसलाई प्रदेश सरकारमा सहभागी गराउने करिब दुई महिनाअघि नै निर्णय भए पनि मन्त्रालय भागबण्डामा समय लागेको हो।

‘वन मन्त्रालय दिन सरकार पहिले तयार भइसकेको थियो। तर सामाजिक विकास मन्त्रालय टुक्राएर शिक्षा वा स्वास्थ्य मन्त्रालय पाउनुपर्ने हामीले माग राखेका थियौं। तर मुख्यमन्त्री र उपेन्द्रजीले मान्नुभएन,’ नेकपा एसका एक नेताले भने।

नेकपा एसले संसदीय दलका नेता महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा) लाई मन्त्री बनाउने निर्णय गरेको छ।

महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको हो।

आइतबार दिउँसो मन्त्रीको सपथ समारोह आयोजना हुने मुख्यमन्त्रीनिकट एक नेताले बताए।

नेकपा एसलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायलाई तीन दिन अगाडि बर्खास्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here