एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

२६ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि सुरू भएको छ ।

बुधबारदेखि सुरु भएको  उक्त बैठक बबरमहलस्थित कार्की बैंङक्वेटमा जारी रहेकाे छ ।

frontline

बुधबारकाे बैठकमा पार्टीका अध्यक्ष माधव नेपालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनमाथि बुधबारबाटै ९ समूहमा विभाजन गरेर छलफल भइरहेकाे छ । बैठकले अब आगामी स्थानीय तहकाे निर्वाचनबारे तयारी तथा कार्ययोजनामा केन्द्रित हुनेगरी निर्णय गरेर सम्पन्न हुने बताइएकाे छ ।

राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सकेर आजै निष्कर्ष सुनाइने र बैठक पनि अन्त्य गरिने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here