एकिकृत समाजवादीमा मन्त्रीका लागि नेताहरूबीच हानथाप, मन्त्री पद नपाए पार्टी छोड्ने चेतावनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने तयारीसँगै मन्त्री छनौटको सकस पनि सुरु भएको छ ।

आइतबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकमा मन्त्री छनौटको विषय उठेपनि तत्कालै निर्णय गर्ने नसक्ने अवस्था आएपछि त्यसको जिम्मा अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको छ।

frontline

आयोगबाट भर्खरै मान्यता पाएको एकिकृत समाजवादीमा मन्त्रीका लागि नेताहरूबीच हानथाप छ। जसका कारण अध्यक्ष नेपाल तनाव छन् ।

बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसान), रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डेय, हिराचन्द्र केसी, जीवनराम श्रेष्ठ, निरादेवी जैरु, तुल्सी थापा र खिमलाल देवकोटासहित थुप्रै नेता मन्त्रीका तीव्र आकांक्षी छन्।

अधिकांश सांसदहरू बालुवाटारदेखि कोटेश्वरसम्म धाउन थालेको महिनौँ बितिसक्यो। तर सरकारमा सहभागी मन्त्रीहरूको नाम अहिलेसम्म टुङ्गो छैन। मन्त्रीको संख्या सानो र आकांक्षी धेरै हुँदा नामै टुङ्गो लगाउन सकस परिरहेको एक नेताले जानकारी दिए ।

नयाँ पार्टीले मान्यता पाएसँगै एमाले छाडी माधव नेपालसँग टाँसिएका कतिपय सांसद मन्त्रीकै लागि भागदौड गरिरहेका छन्। तर, लामो समयदेखि नेपाललाई साथ दिइरहेका बिरोध खतिवडा, बेदुराम भुसाल, कल्याणी खड्का, मेटमणी चौधरी र रामकुमारी झाँक्रीलाई मन्त्री बनाउनैपर्ने दबाब नेपाललाई छ।

कतिपय सांसदहरु मन्त्रीकै लागि गुट फेरेर आएकाले उनीहरुलाई ब्यवस्थापन गर्न चुनौती भएको नेताहरु वताउँछन्। ‘नयाँलाई समेट्दा पार्टीमा लामो समयदेखि खटिएका नेताहरुको अवमुल्यन हुने र पुरानालाई समेट्दा मन्त्रीकै लागि आएका साथीहरु भड्कीने खतरा छ’ एक नेता भन्छन्–‘त्यसैले सवैलाई मिलाएर लाने जिम्मेवारी अध्यक्ष नेपाललाई नै दिने निर्णय भएको हो ।’

तर, क्षणिक अवसरका लागि पार्टी वा समूह फेर्दै हिँड्ने पात्रहरूलाई रोक्नु पर्ने नेपालाई नेताहरुले सुझाव दिएका छन् । नयाँ पार्टी दर्ता नहुँदै देउवा नेतृत्वको सरकारमा सहभागी हुन हतारिएका सांसदहरू नै मन्त्रीको सबैभन्दा अघिल्लो दौडमा छन्।

एमाले अध्यक्ष ओलीको खरो आलोचकका रूपमा चिनिएका युवा सांसद मेटमणी चौधरी आफूले मन्त्री पाउनैपर्ने अडानमा छन्। उनीसँगै मन्त्रीका लागि तत्कालीन ओली समूह छाडेका प्रेम आले र कृष्णकुमार श्रेष्ठ (किसान)ले मन्त्री नपाएर साथ छोड्नेसम्मको धम्की दिने थालेको श्रोतले जनाएको छ।

नेता नेपालले भने सवैलाई समेट्ने गरी जुक्ति निकालेका छन् । उनले सवै सांसदलाई आलोपालो मन्त्री बनाउने आश्वास दिएको नेताहरु वताउँछन्। पार्टीले मान्यता पाएपछि को को सरकारमा जाने भन्ने विषयमा चन्द्रागिरीस्थित चन्द्रागिरी रिसोर्टमा नै सामान्य छलफल भएको थियो । छलफलमा नेता नेपालले पहिलो चरणमा अन्य सांसदलाई पालो दिन आग्रह गरेपछि चौधरी, आले र किसान श्रेष्ठले मन्त्री पद नपाए एकिकृत समाजवादी छाड्ने चेतावनी दिएको नेपालनिकट एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here