एउटा कारले २ वटा मोटरसाइकललाई ठक्कर दियो, १ युवकको मृत्यु, २ घाइते

मकवानपुरको भीमफेदीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुईजना घाइते भएका छन्। 

भीमफेदी गाउँपालिका- ६ धानगोदामस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा मंगलबार साँझ कारको ठक्करपछि दुईवटा मोटरसाइकल दुर्घटनामा परेका हुन्। 

frontline

दुर्घटनामा बा.५४ प २५६६ नम्बरको मोटरसाइकल चालक भारत घर भई हाल काठमाडौँ महानगरपालिका–२८ माइतीघरमा डेरा गरी बस्ने ३२ वर्षीय मुन्ना आलाम, सोही मोटरसाइकलमा पछाडि सवार ३१ वर्षीय चुन्नु आलम तथा बा.प्र.०२–०१८ प ०४५९ नम्बरको मोटरसाइकल चालक करिब २५ वर्षीय महेश्वर घिमिरे खत्री घाइते भएका थिए।

घाइते तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। 

मोटरसाइकल चालक महेश्वर घिमिरे खत्रीलाई चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेका हुन्।

हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.१२ च ४१६४ नम्बरको कारले काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०२–०१८ प ०४५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सोही क्रममा पछाडिबाट आउँदै गरेको बा.५४ प २५६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फको नालीमा खसेर दुर्घटना भएको हो।

घाइते मुन्ना आलाम र चुन्नु आलमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here