ऋणको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या

१४ असोज, जनकपुरधाम  । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको  छ । जिल्लाको मिथिला विहारी नगरपालिका- ५ ललियास्थित असोज ४ गते बाँसघारीमा स्थानीय रामा मण्डलको श्रीमती ४५ वर्षीया जिवछी देवी मण्डल मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाको अनुसन्धान गर्दै जाँदा ५० वर्षीय श्रीमानले नै श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

frontline

घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार क्रिया बसेको मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

हत्याको कारण ऋण

बैदेशिक रोजगारीका लागि लिएको ऋणका विषयलाई लिएर श्रीमान श्रीमतीबीच विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतक जिवछीको दुई छोरा रहेकोमा जेठो छोरा २२ वर्षीय विनय मण्डल र कान्छो छोरा २० वर्षीय संजय मण्डल बैदिशक रोजगारीका लागि कतारमा छन् । कान्छो छोरा हालसम्म बैदेशिक रोजगारीमै रहेको  र जेठो छोरा १ वर्ष अगाडि ३ वर्ष विदेशमा बसेर आएका थिए ।

उनले ३ वर्षमा कमाएको करिब १८/२० लाख रुपैयाँ, दाइजोमा पाएको मोटरसाइकल तथा श्रीमतीको गरगहना बेचेर ऋण तिरेका थिए भने कान्छो छोराले मृतक आमाको नाममा रुपैयाँ पठाइ बाँकी रहेको ऋण तिर्न सहयोग नगरेको विषयलाई लिएर घर परिवारमा झै–झगडा हुँदै आएको थियो ।

जिवछीको हत्या हुनुभन्दा करिब १०/११ दिनअघि दुबै छोरा छुटेका थिए । जेठो छोरा एक्लै र कान्छो छोरासँग बुबा र आमा बस्दै आएका थिए । जिवछीको हत्या भएको दिन उनी बिहानको समयमा तगारोमा गोबर लिएर खेतबारीमा गएकी थिइन् । उनको श्रीमान रामा मण्डल समेत कोदालो र हँसिया लिएर भकारी बनाउनको लागि बाँसको टाटी काट्न घट्नास्थलमा पुगेका थिए ।

ऋणको विषयलाई लिएर नै श्रीमान श्रीमतीबीच विवाद हुँदा श्रीमतीले श्रीमानलाई गाली गरेको निहुँमा श्रीमतीको टाउकोमा कोदालोको पछाडिको बिटले हिर्काएका थिए । प्रहरीका अनुसार मृतकको टाउको फुटी डिलबाट भुँइमा लडेर छटपटिन थाले पछि पुनः टाउकोमा हिर्काइ हत्या गरेका थिए । 

घटनाको विषयमा शंका नहोस् यसका लागि मृतकको चुरा फोडेर यत्रतत्र छरेर कोदालो फाली त्यहाँबाट फरार भएका थिए । अनुसन्धान गर्दै जाँदा श्रीमानकै संलग्नता रहेको खुलेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here