उमाकुण्ड गाउँपालिकाका वडा सचिव प्रहरी नियन्त्रणमा
२६ साउन, रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाका एक वडा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नागरिकता लिइसकेकी किशोरीलाई पुन: नागरिकता लिन वडाबाट दोहोरो सिफारिस गर्ने उमाकुण्डा गाउँपालिका- ४ प्रितीका वडा सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापले वडा सचिव पदम कुमारी बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङ्ले जानकारी दिए । डीएसपी थिङका अनुसार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
जिल्लाको उमाकुण्ड गाउँपालिका- ४ प्रितीकी एकजना किशोरीले २०७५ सालमै नागरिकता बनाइसकेकी थिइन् । तर, उनी पुन: नागरिकता बनाउन सिफारिस लिएर जिल्ला प्रसासन कार्यालय रामेछाप आएकी थिइन् ।
बहिनीको स्कुलको प्रमाणपत्रको आधारमा सिफारिस बनाएर उनी जिल्ला प्रशासन आइपुगेकी थिइन् ।
प्रशासन कार्यालय पुगेकी निर्माला बस्नेतमाथि प्रशासनका कार्मचारीले शंका लागेर उनीमाथि थप सोधपुछ गरेका थिए।
सोधपुछका क्रममा किशोरीको डकुमेन्ट प्वाल परेको र नाम भएको ठाउँमा केरमेट गरेको भेटिएको थियो ।
वडा सचीव पदमकुमारी बस्नेतलाई बिहीबार नै जिल्ला अदालत रामेछापबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्