उपत्यकाका ९ प्रहरी वृत्तका प्रमुख फेरिए

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रमुख फेरेका छन् ।
एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सरुवा गरेर नयाँ प्रमुख पठाइएको हो ।




मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार प्रहरी वृत्त, गौशालाको जिम्मा केशव भट्टराईले पाएका छन् भने कीर्तिपुरमा ठाकुरप्रसाद पोखरेल पठाइएका छन् ।
कहाँ को पठाइए ? सूची
- ढुण्डिराज न्यौपाने, बौद्ध
- दुर्गाप्रसाद दाहाल, लैनचौर
- प्रमिश विष्ट, महाराजगञ्ज
- भरत श्रेष्ठ, सिंहदरबार
- मीनबहादुर कुँवर, मालिगाउँ
- भीमबहादुर लामा, बानेश्वर
- मिलन केसी, स्वयम्भु
उपत्यकाका प्रहरी वृत्तहरुमा पठाइएका सहित ५७ जना डीएसपीको सरुवा भएको छ ।
प्रतिक्रिया दिनुहोस्