उदयपुरको कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंंगी संक्रमण

१ असोज, उदयपुर । उदयपुरको कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंंगी संक्रमण देखिएको छ ।

बेलका नगरपालिकामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र जिल्ला अस्पताल गाईघाटमा आठ जनामा डेंंगी फेला परेको हो ।

frontline

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ । किनकी यहाँ सबैभन्दा धेरैमा डेंंगी देखिएको छ । यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट कटारी क्षेत्रमा फैलिएको छ ।

झण्डै तीन दर्जनमा डेंंगी फेला परेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये तीन नगरपालिकामा डेंगी भेटिएको छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here