उत्तर कोरियाद्वारा शंकास्पद दुईवटा क्षेप्यास्त्र प्रहार
१४ माघ, सिओल । उत्तर कोरियाले बिहीबार विहान शंकास्पद दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले प्रतिरक्षाका लागि क्षेप्यास्त्र प्रहारलाई निरन्तरता दिएको दावी गरेको छ ।
उत्तर कोरियाले उत्तेजक तरिकाले पछिल्लो पटक गरेको हतियार परीक्षणको संयुक्त राष्ट्रसंघ लगायत अमेरिका, जापान र दक्षिण कोरियाले विरोध गरेका छन् ।
जापान र दक्षिण कोरियाका सुरक्षा अधिकारीहरुले उत्तर कोरियाले बिहीबार विहान दुईवटा शंकास्पद क्षेप्यास्त्र प्रहार गरेको दावी गरेको छन् ।
दक्षिण कोरियाली सेनाका अनुशार, उत्तर कोरियाले पूर्वीतटमा रहेको हामहुङ शहरबाट स्थानीय समय अनुसार विहान ८ बजे क्षेप्यास्त्र प्रहार गरेको हो ।
दक्षिण कोरियाको सेनाले जनवरी महिनामा उत्तर कोरियाले ६ वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको दावी गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्