उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटनाग्रस्त

१ साउन, काठमाडौं । उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

युक्रेन स्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो ।

frontline

दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ । कार्गो विमान कति यात्रु थिए र दुर्घटनामा बाँचेका थिए कि भनेर तत्कालै थाहा हुन सकेको छैन् ।

ग्रीसको सञ्चार माध्यम ईआरटीले उक्त विमानले १२ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here