उत्तरपश्चिम चीनमा माटोको लेदो सहितको बाढीमा १७ जनाको मृत्यु, १७ जना बेपत्ता

३ भदौ, काठमाडौं । उत्तरपश्चिम चीनको छिङ्हाइ प्रान्तका गाउँमा भीषण वर्षाका कारण आएकाे माटोको लेदो सहितको बाढीमा १७ जनाको मृत्यु भएको छ । सोही घटनामा अन्य १७ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

यसअघि बेपत्ता भएका ३७ जनामध्ये २० जनाको उद्धार गरिएको थियो । करिब चार हजार पाँच सय अग्नि नियन्त्रक, प्रहरी, सेवाकर्मी, आपतकालीन कर्मचारी र स्थानीय बासिन्दा बेपत्ताको खोजीमा रहेको प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका उपाध्यक्ष हान सियाङहुइले पत्रकार सम्मेलनमा जानकारी दिए ।

frontline

बुधबार रातिबाट भएको मुसलधारे वर्षाले प्रान्तीय राजधानी शिनिङको दाटोङ हुई र तु स्वायत्त क्षेत्रमा गएर बाढीको रुप लिएको थियो ।

मध्यरातपछि आएको माटो र लेदोको बाढीका कारण नदीले आफ्नो मार्ग परिवर्तन गरेपछि अवस्था भयावह भएको हो ।

उक्त घटनामा कम्तीमा दुईवटा भवन बाढीले बगाएको छ भने छ वटा गाउँका छ हजार २४५ बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । अन्य १४ वटा भवनमा गम्भीर क्षति पुगेको जनाइएको छ ।

दुई वटा विद्यालयमा १२ सयभन्दा बढी मानिसलाई बस्नका लागि अस्थायी आश्रयस्थल बनाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।स्रोतः सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here