उखुबारीको खाल्डोमा अर्को पनि शव भेटियो

१३ माघ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा अर्को पनि शव भेटिएको छ ।

उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डोमा बिहीबार उत्खनन गरिएको थियो ।

frontline

बिहीबार उत्खनन गरिएको खाल्डोमा पनि शव भेटिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन बिसीले जानकारी दिए ।

प्रहरीले शव खाल्डोबाट बाहिर निकालेको छैन । अहिले तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ ।

बुधबार प्रहरीले खाल्डोबाट अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो । दुबै शव एकै पटक खाल्डो खनेर पुरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

खाल्डोमा शव गाडेर नुन पनि हालेको पाइएको प्रहरीको भनाइ छ । शवको पहिचान भइसकेको छैन ।  शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीका दुई खाल्डो उखुबारीमा करिब २० मिटरको दूरीमा छन् । खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here