ईश्वरपुरका सामुदायिक विद्यालयलाई ई–रिक्सा प्रदान
विपन्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गर्दै ईश्वरपुरमा विद्यार्थी भर्ना अभियान सुरु
सर्लाही,१५ वैशाख— विपन्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले ईश्वरपुर नगरपालिकामा नगर स्तरीय विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ। नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रममा नगर उपप्रमुख रंजिता चौधरीले अभियानको उद्घाटन गर्दै औपचारिक शुभारम्भ गर्नुभयो।
अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले ८ वटा सामुदायिक विद्यालयलाई ई–रिक्सा हस्तान्तरण गरेको छ। ई–रिक्सा मार्फत गाउँ–गाउँमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य राखिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख मनोज कुमार आचार्यले मधेश प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान चलाएको थियो र त्यही कार्यक्रमबाट प्रभावित भएर ईश्वरपुर नगरपालिकामा रहेको सामुदायिक विद्यालयमा ई रिक्सा प्रदान गरिएको बताउनुभयो । अहिले ८ वटा सामुदायिक विद्यालयमा मात्र ई रिक्सा प्रदान गरिए पनि पछ सबै विद्यालयमा प्रदान गरिने नगर प्रमुख आर्चायले बताउनुभयो । यो ई–रिक्साले खास गरी दलित, विपन्न विद्यार्थीहरु लगायत अन्य विद्यार्थी ओसार पोसार गर्ने उदेश्य राखिएको छ । संस्थागत विद्यालयले बस संचालन गरेको हुनछ तर हामीले बस संचालन नगरे पनि विद्यालयहरुमा ई–रिक्सा संचालन गर्न सफल भएको नगर प्रमुख आर्चाले बताउनुभयो ।मधेश प्रदेशको ११ सय ७२ वडा मध्ये ईश्वपुरको वडा नं.४ सागरनाथमा कुनै पनि बालबालिका विद्यालय बाहिर नभएको घोषणा गर्दा हामीलाई गर्व लागेको छ । मधेश सरकारले हामी बाट सिकने अवस्था आएको नगर प्रमुख आचार्यले बताउनुभयो ।
उहाले तिन वटै तहको सरकारको कानुन बाझिएको छ, एकरुपता ल्याउन अति आवश्यक छ ,नभई हामीले चाहे अनुसारको कार्य गर्न नसकिने बताउनुभयो ।
ई–रिक्सा प्राप्त गर्ने विद्यालयहरूमा श्री जनता प्राथमिक विद्यालय सागरनाथ (ईश्वरपुर–४), चन्द्रकमारी प्राथमिक विद्यालय धनपट्टीडाँडा (ईश्वरपुर–७), जनता प्राथमिक विद्यालय खोरियाटोल (ईश्वरपुर–९), जनशक्ति प्राथमिक विद्यालय बेला (ईश्वरपुर–१०), जनता माध्यमिक विद्यालय करमोहान (ईश्वरपुर–११), जनता प्राथमिक विद्यालय नयाँटोल (ईश्वरपुर–१२), जनता आधारभूत विद्यालय घाटटाल (ईश्वरपुर–१३) र जनता प्राथमिक विद्यालय हरकठवा (ईश्वरपुर–१४) रहेका छन्।
“पढौं लेखौं फरर, ई–रिक्सामा विद्यालय सरर” भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश लुइँटेलले जानकारी दिनुभयो। उहाँका अनुसार ई–रिक्सा प्रयोगले दुर्गम बस्तीका बालबालिकालाई विद्यालयसम्म ल्याउन सहज हुने अपेक्षा गरिएको छ।
यसै अवसरमा शैक्षिक सत्र २०८२ मा अनिवार्य अवकाश प्राप्त विभिन्न विद्यालयका शिक्षकहरूलाई सम्मानसमेत गरिएको थियो। अभियानले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षामा जोड्दै साक्षरता दर वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।






प्रतिक्रिया दिनुहोस्