इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्ड

६ माघ, इस्लामावाद ।  इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ।

सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत् इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानको रावलपिन्डी अदालतले पाकिस्तानी मुस्लिम महिलालाई बुधबार मृत्युदण्डको सजाय सुनाएको हो।  

frontline

आरोपित महिला अनिता अतिकले ह्वाट्एपमार्फत् इस्लाम धर्म गुरु प्रोफेट मुहम्मदको अपमान स्वरुप सन्देश पठाएकी थिइन्।

इस्लाम धर्म गुरुको अपमान गरेको र ईश्वर निन्दा गरेको भन्दै सन् २०२० मा फारुक हसनतले केटी साथी अनिता अतिकविरुद्ध उजुरी हालेका थिए।

इस्लाम धर्मको अपमान गरेको र साइबर अपराध कानुनको उल्लंघन गरेको आरोपमा भन्दै अदालतले अनितालाई मृत्युदण्डको सजाय सुनाएको हो।

सो उजुरीको आधारमा २६ वर्षीया अनिताविरुद्ध अनुसन्धान अघि बढेको थियो । इस्लाम धर्म गुरु र इस्लाम धर्मको अपमान गरेको अनुसन्धानले पुष्टि गरेको थियो भने अदालतले बुधबार उनलाई दोषी ठहर गरेको थियो ।

सन् १९८० को दशकमा सैन्य तानाशाह जनरल जियाउल हकको शासनकालमा पाकिस्तानमा ईश्वर निन्दा कानुन बनेको थियो।

पाकिस्तानले सो कानुन हालसम्म लागू गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। यद्यपि, सो कानुनअन्तर्गत ती महिलाले मृत्युदण्ड पाएको पहिलो घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here