इस्टु कार्कीको सांकेतिक जवाफ : माई बडी, नट् योर्स !

माइपोखरीमा उनले लगाएको स्लिभलेस पहिरनसहितको फोटो केही घण्टामै भाइरल भयो । यो फोटोबाट इस्टुले गाली र ताली दुबै पाइन् । कतिपयले अश्लिल भन्दै आलोचना गरे भने कतिपयले उनको कामको प्रशंसा गरे ।
काठमाडौं । ‘कन्टेन्ट क्रिएटर’ इस्टु कार्की सामाजिक संजालमा प्रायः चर्चामा रहन्छिन् । टिकटक भिडियो, भ्लगदेखि उनका फोटोले टाइमलाइनमा चर्चा बटुलिरहेका देखिन्छन् ।




नोभेम्बर दोस्रो साता उनले माइपोखरीको पर्यटन प्रवर्द्धन गर्न भन्दै घुमघामको रोचक भ्लग बनाएकी थिइन् । स्लिभलेस पहिरनमा उनले माइपोखरीको सौन्दर्यको वर्णन गर्दै घुम्नको लागि उपयुक्त थलो बताएकी थिइन् ।
माइपोखरीमा उनले लगाएको स्लिभलेस पहिरनसहितको फोटो केही घण्टामै भाइरल भयो । यो फोटोबाट इस्टुले गाली र ताली दुबै पाइन् । कतिपयले अश्लिल भन्दै आलोचना गरे भने कतिपयले उनको कामको प्रशंसा गरे ।
उनलाई लिएर ट्रोल पनि चल्यो । माइपोखरीको उक्त भिडियो र फोटोलाई लिएर चलिरहेको सामाजिक संजालको चर्चा अहिलेसम्म सेलाएको छैन । इस्टुले पनि आलोचनाको खण्डन गर्दै आइरहेकी छिन् ।

यस्तोमा, सोमबार उनले नयाँ फोटोहरू सेयर गरेकी छन् जसमा माइपोखरीको आलोचनालाई उनले सांकेतिकरुपमा खण्डन प्रयत्न गरेकी छन् । उनले सार्वजनिक गरेको नयाँ फोटोहरू पनि इलामकै हो । हरियो चिया बगानलाई पृष्ठभूमिमा राखेर उनले खिचेका तस्वीर आकर्षक पनि छन् ।
यो फोटोमा उनी स्लिभलेस पहिरनमै देखिएकी छिन् । उनले लगाएको कालो रङको पहिरनमा लेखिएको छ, ‘माइ बडी, नट् योर्स’ । इस्टुले यी शब्दमार्फत यसअघिका आलोचना र गालीलाई सांकेतिकरुपमा जवाफ दिन खोजेकी छिन् ।

हिरोइन बन्ने सपना बोकेर सर्लाहीको गाउँबाट उनी दशकअघि काठमाडौं छिरेकी थिइन् । उनलाई टिकटक, फेसबुक र इन्स्टाग्राममा पछ्याउनेको संख्या उच्च छ । उनले यसअघि नाटकमा पनि अभिनय गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्