इलाम इजलासकी कर्मचारी कार्यालय परिसरभित्रै मृत फेला

इलाम । उच्च अदालत विराटनगरको इलाम इजलासकी एक जना कर्मचारी कार्यालय परिसरभित्रै मृत भेटिएकी छन् ।

कार्यालय सहयोगी सोलुखुम्बु घर भएकी ४८ वर्षीया विमला पराजुली मृत अवस्थामा भेटिएकी हुन् ।

frontline

जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार शवमा बाहिरी चोटपटक देखिएको छैन ।

उनले भने, ‘शव चाहिँ घोप्टो परेको अवस्थामा छ ।’

उनका अनुसार अहिले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरलाई पनि बोलाइएको छ । ‘डग स्निफिङपछि थप अनुसन्धान हुनेछ’ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here