इलामको देउमाई नगरपालिकामा झडप, ३ राउण्ड हवाई फायर

३१ वैशाख, इलाम । इलामको देउमाई नगरपालिकामा झडप भएको छ । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ ।

मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो ।

frontline

आक्रोशित भीडले नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । झडपमा केही म्यादी प्रहरी घाइते भएका छन् ।

गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् ।

नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धनमा रहेका दल नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले नाराबाजीसहित विरोध गर्न थालेपछि मतगणना रोकिएको थियो ।

उनीहरुले निर्वाचन अधिकृत र प्रहरी विरुद्ध नाराबाजी गरिरहेपछि मतगणनास्थल अशान्त बनेको थियो । एक पक्षीय रुपमा मतगणना भएका गठबन्धन दलले आरोप लगाएका छन् ।

इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिनुभयो ।

मतगणना स्थल अगाडि धाँदली भएको भन्दै एक व्यक्ति अन्सनमा बस्नुभएको छ ।

निर्वाचन अधिकृत हरीबहादुर दाहालले भिड शान्त भएपछि दलहरुसँग छलफल गरिने जानकारी दिनुभयो ।

देउमाईमा मेयरका उम्मेदवार एमालेका सूर्य पोखरेल र गठबन्धनबाट काँग्रेसका होम दुलालबीच प्रतिष्पर्धा भैरहेको छ ।

प्रारम्भिक मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here